Logo

Breaking News 1

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु



काठमाडाैं । सिन्धुपाल्चोकको पिस्कर–५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ५२ जना घाइते छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको छ । बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ३८ बजे