Logo

कर्पोरेट

सिटिजन्स बैंककाे चैत मसान्तसम्म एक अर्ब २३ करोड ६० लाख रुपैयाँ नाफा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा घटेको छ । चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंककाे नाफा १.९९ प्रतिशतले घटेको हो ।

बैंकले चैत मसान्तसम्म एक अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म गत वर्षको तुलनामा बैंकबाट जाने ऋण बढेको छ । चैतसम्म बैंकले एक खर्ब ५२ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ ऋण प्रवह गरेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : १५ बजे