Logo

Breaking News 1

पोलिसी एडको आयोजमा अन्तरबीमा फुट्सल सुरु, १२ समूहको सहभागिता



काठमाडौं । पोलिसी एड प्रालिले आयाेजना गरेकाे ‘अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ आजबाट सुरु भएकाे छ । विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा आयोजना भएकाे टुर्नामेन्ट आजबाट सुरु भएकाे हाे ।

उक्त टुर्नामेन्ट काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठले बताए ।

‘हामीले फुट्सल टुर्नामेन्ट आयोजना गरी बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता लगायतको सम्बन्ध समधुर बनाउन सहयोग गर्ने छौं’ पोलिसी एडका सीईओ श्रेष्ठले बताए ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, सिटिजन लाइफ, नेपाल ईन्स्योरेन्स कम्पनी, नेपाल माईक्रो ईन्स्योरेन्स, जीवन बीमा कम्पनी र सालिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका छन् ।

खेलकुद स्वास्थ्यको लागि एकदम आवश्यक रहेको छ । उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसल मिल्ने पोलिसी एडले विश्वास लिएको छ । टुर्नामेन्टको उपाधि जित्ने समूहले कप, मेडल र प्रमाणपत्र पाउने छन । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को पुरस्कारकको समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ५९ बजे