Logo

Breaking News 1

राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने



काठमाडौं । संघीय संसदको एक समितिको बैठक शुक्रबार बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : २७ बजे