Logo

खेलकुद

आईपीएलमा आज पञ्जाव र मुम्बई खेल्दै



काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज पञ्जाव किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राति पाैने ८ बजेदेखि शुरु हुने छ ।

जारी सिजनमा पञ्जाव किंग्स र मुम्बई इण्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । दुवैले अहिलेसम्म खेलेका ६/६ खेलमा २/२ खेल जितेका छन् भने ४/४ खेलमा हार बेहोरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : २६ बजे