Logo

Breaking News 1

एसीसी प्रिमियर कप : सेमिफाइनलमा भाेलि यूएईसँग खेल्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । खेल भोलि बिहान पौने १२ बजे हुने छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । याे खेल दिउँसो सवा ४ बजे हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल शनिबार र फाइनल खेल आइतबार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै ओमन समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेपछि नेपालले यूएई प्रतिद्वन्दी पाएको हो । नेपाल समूह चरणका सबै खेले जितेर समूह ए को बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ८ : २० बजे