Logo

Breaking News 1

देशैभर आज भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै सरकार



काठमाडौं । सरकारले आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ६ : ५९ बजे