Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८१ वैशाख ६ गते, बिहीवार १८ अप्रिल २०२४। चैत्र शुक्लपक्ष दशमी तिथि, १९ः२४ बजेपछि एकादशी। अश्लेषा नक्षत्र, १०ः०८ बजेपछि मघा। चन्द्रराशि कर्कट १०ः०८ बजेपछि सिंह।

मेष
बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

वृष
बिहानको समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ।

मिथुन
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि आत्मविश्वासको कमीले पछि परिनेछ।

कर्कट
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।

सिंह
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर साथीभाइको आगमनले दिन रमाइलो बन्नेछ। खानपानको आनन्द प्राप्त हुनेछ।

कन्या
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ।

तुला
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।

वृश्चिक
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिउँसोदेखि कामको अवसर प्राप्त भए पनि अरूको दबाबमा परिने सम्भावना छ।

धनु
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ।

मकर
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।

कुम्भ
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर परिस्थितिवश यात्रा रोकिन सक्छ।

मीन
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ६ : ०४ बजे