Logo

खेलकुद

आईपीएल : गुजरात र दिल्ली भिड्दै



काठमाडाैं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ ।

जारी सिजनमा गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । त्यसैगरी दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १० : ५७ बजे