Logo

Breaking News 1

एसीसी प्रिमियर कप : साउदी अरबसँग प्रतिपर्धा गर्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले आज साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा पुगिसकेको छ । समूहचरणको अन्तिम खेल आज बिहान पाैने १२ बजे सुरु हुँदै छ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा हङकङमाथिआठ विकेटको शानदार जित हात पारेकाे थियाे । आजै समूह ‘ए’ को अर्को खेलमा मलेसिया र हङ्कङबीच खेल हुने छ । त्यो खेल पनि बिहान ११ः४५ बजे नै सुरु हुनेछ ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : ०७ बजे