Logo

कर्पोरेट

प्रभु बैंकका ग्राहकलाई स्काई वाक टावरको टिकटमा छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच दुई पक्षीय समझदारी भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : २४ बजे