Logo

खेलकुद

एर्भटनको पोस्टमा चेल्सीको आधादर्जन गोल



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधादर्जन गोल गरेको हो ।

चेल्सीलाई जिताउन कोल पालमरले ह्याट्रिकसहिच चार गोल गर्दा निकोलस ज्याकसन र एलिफ गिलक्रिस्टले समान एक– एक गोल थपेका थिए । १३ औं मिनेटमा पालमसले ज्याकसनको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

पालसमले १८ औं र २९ औं मिनेटमा शानदार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ज्याकसनले मार्क सेस्टाको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ४–० को अग्रता बनायो । ६४ औं मिनेटमा पेनाल्टीमार्फत पालमले व्यक्तिगत चौथो गोल गर्दा चेल्सी भने ५–० ले अघि बढेको थियो ।

९० औं मिनेटमा गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए । चेल्सीको जारी सिजनमा यो फराकिलो जित रहेको छ ।

जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौं स्थानमा उक्लिएको छ भने एभर्टन ३२ खेलबाट २७ अंकका साथ १६ औं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ४१ बजे