Logo

खेलकुद

आईपीएल : कोल्कोता र राजस्थान खेल्दै



काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कोल्कोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।

जारी आईपीएलमा शीर्ष र दोस्रो स्थानमा रहेका यी दुवै टिमको खेल रोचक हुने देखिएको छ । राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेल जितेर १० अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कोलकोताले खेलेका ५ खेलमा ४ जित हासिल गर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : २६ बजे