Logo

समाचार

नाउपाकै कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् ।

यसअघि नाउपाकै अर्का नेता लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरिसकेका छन् ।

कैलाश चौधरीले भने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफूसहित अर्को एक जना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।

यसअघि लक्ष्मणले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका छन् ।

कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको लक्ष्मणले बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : ५७ बजे