Logo

धर्म / संस्कृति

आजको राशिफल


३० चैत्र २०८०, शुक्रबार  

92
Shares

काठमाडाैं । आज मिति २०८० चैत ३० गते, शुक्रबार १२ अप्रिल २०२४। चैत्र शुक्लपक्ष चतुर्थी तिथि, १७ः१९ बजेपछि पञ्चमी। रोहिणी नक्षत्र। चन्द्रराशि वृष।

मेष
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

वृष
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन
होसियार बन्न नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

कर्कट
नियमित काम गर्दै नयाँ कामसमेत प्रारम्भ गर्न सकिनेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ।

सिंह
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कन्या
श्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ।

तुला
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

वृश्चिक
घुमफिर तथा मनोरञ्जनको समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।

धनु
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

मकर
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयोग पनि प्राप्त हुनेछ। विद्यार्थीहरूको पढाइलेखाइमा प्रगति हुनेछ।

कुम्भ
महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीतर्फ सामान्य मतभेदले पहिलेको सम्झौता भंग हुन सक्छ।

मीन
हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : ०६ बजे