Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० चैत २७ गते, मंगलबार ९ अप्रिल २०२४ । चैत्र शुक्लपक्ष प्रतिपदा तिथि । रेवती नक्षत्र, ८ः४० बजेपछि अश्विनी। चन्द्रराशि मीन, ८ः४० बजेपछि मेष ।

मेष
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

वृष
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।

मिथुन
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

कर्कट
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

सिंह
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

कन्या
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ।

तुला
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ।

वृश्चिक
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

धनु
कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

मकर
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

कुम्भ
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।

मीन
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : ५५ बजे