Logo

Breaking News 1

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


२३ चैत्र २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । जसका कारण बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएकाे छ । साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १४ बजे