Logo

मनोरञ्जन

लोकसभा चुनावमा मतदान गर्न युवालाई आयुष्मानको आह्वान



मुम्बई । विश्वका प्रभावशाली व्यक्तिका रुपमा दुईपटक ‘टाइम म्यागाजिन पुरस्कार’ विजेता अभिनेता आयुष्मान खुरानालाई भारतको चुनाव आयोगले आगामी २०२४ को लोकसभा चुनावमा युवालाई मतदान गर्नका लागि आग्रह गर्न नियुक्त गरेको छ । यो अभियानको माध्यमबाट आयुष्मान देशका युवालाई अगाडि आएर संसदमा देशका आगामी नेता छनोट गर्ने अधिकार प्रयोग गर्न आव्हान गर्नेछन् ।

भारतीय निर्वाचन आयोग, नयाँ दिल्लीका मतदाता शिक्षाका निर्देशक सन्तोष अजमेराले चुनावी भागिदारीमा शहरी र युवाहरुको उदासिनताको मुद्दालाई सम्बोधन गर्नका लागि हालै ईसीआई अभियान टीवीसीका लागि आयुष्मानको अमूल्य र निःशुल्क समर्थनको सराहना गरेका थिए ।

‘फिल्म व्यक्तिगत व्यवहारमा एक टिप्पणी हो, जसमा मतदानको दिन प्रायः छुट्टीका रुपमा मानिन्छ । यो समयमा मतदान नगर्नका लागि सयौं बहाना बनाइन्छ । त्यहीकारण आयुष्मान कसैलाई भोट किन दिने भनेर कारणसहित एक सुन्दर सन्देश भन्नेछन् । उनको काम अत्यन्त विश्वसनीय र प्रभावाली छ र उनका फलोअर्स विशेषत युवा पिढी निकै मनपराउँछन् ।

ईसीआईले भविष्य प्रति एक महत्वपूर्ण लोकतान्त्रिक अभ्यास र कर्तव्यका रुपमा, युवालाई मतदानका लागि प्रेरित संगठित गर्नका लागि आयुष्मानको क्षमता र पहुँचको उपयोग गर्ने प्रयास गर्नेछन्’, सन्तोषले भनेका छन् । आयुष्मानले आफूलाई भारत सरकारले नियुक्त गरेकोमा खुशी व्यक्त गरेका छन् । ‘जोकोहीले मतदान गर्नुपर्छ र राष्ट्र निर्माणको प्रक्रियामा भाग लिएर जागरुक नागरिक बन्नुपर्छ ।

संसदमा देशको प्रतिनिधित्व गर्ने, हाम्रो आवश्यकताको प्रतिनिधित्व गर्ने नेताहरुलाई चुन्ने शक्ति हामीसँग छ । हरेक भोटले महत्व राख्छ र हरेक भोट महत्वपूर्ण छ । हाम्रो जस्तो लोकतान्त्रिक देशमा मतदान सशक्तिकरणको प्रतिक हो’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ३१ बजे