Logo

Breaking News 1

‘चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू ?’



काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रील दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए । उनले भने, ‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ ।

यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिटै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ ।

तर यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन् । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ ।’

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : २१ बजे