Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक आज बस्दै, सांसदले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने



काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा सभामुखले देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेकाे छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथी सदनमा छलफल र अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ३५ बजे