Logo

राजनीति

बजेटमा कर्णालीलाई उपेक्षा गरिए आन्दोलन : ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुप¥यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए ।

उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन । कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस दमका साथ । हामी तपाईंभन्दा दोब्बर बढि विकास गरेर देखाउँछौं । यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरु नपठाउनुस् ।’

सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोज गर्न थुर्थुर काप्ने गरेको शाहीको आरोप थियो । उनले भने, कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुर्थुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय । अधिकार चाहिएको हो । अधिकार खोस्ने हो ।’

आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ४९ बजे