Logo

खेलकुद

आईपीएल : राजस्थान रोयल्सकाे लगातार दोस्रो जित


१६ चैत्र २०८०, शुक्रबार  

23
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकोलेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो ।

जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४ बलमा ५ चौका र ३ छक्कासहित ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भए । 

राजस्थानका नान्द्रे ब्रुगर र युजवेन्द्र चहलले दुई दुई विकेट लिँदा आभेष खानले एक विकेट हात पारे । जारी सिजनमा दिल्लीको लगातार दोस्रो हार हो भने राजस्थानले लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : १४ बजे