Logo

समाचार

श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ



काठमाडौं । श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

कन्चनपुरको भिमदत्त नगरपालिका-१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन् ।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : २१ बजे