Logo

मौसम

बागमती र गण्डकीमा शुक्रबारसम्म मध्यम वर्षा 



काठमाडौं । बिहीबार राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि गण्डकी, बागमती र कोशी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ । शनिबार पश्चिमी वायुले देशभर नै पहाडी र हिमाली भेगमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान छ ।

आइतबारदेखि मौसममा केही सुधार भए पनि केही पहाडी भेगमा अझै वर्षा हुने देखिन्छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : ३० बजे