Logo

Breaking News 1

आठजना डीएसपीको एसपीमा बढुवा (नामसहित)



काठमाडाैं । नेपाल प्रहरीका आठजना डीएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले आठजना डीएसपीको एसपीमा बढुवा सिफारिस हाे ।

समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी जनपद प्रहरी समूहतर्फ आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जनाएका छन् ।

बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन् । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : ५३ बजे