Logo

खेलकुद

टी–२० : नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग भिड्दै



काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग खेल्ने भएको छ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने छ ।

यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो ।

नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ३५ बजे