Logo

Breaking News 1

फिफा विश्वकप : बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित



काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली बहराइनसँग नेपाल पराजित भएको हो । 

घरेलु टाेली बहराइनको जितमा सैयद बाकर, अब्दुल्ला युसुफ र कामिल अलले समान १/१ गोल गरे । यी तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे हाे ।

यो पराजयसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ । यसअघि गत बिहिबार सम्पन्न खेलमा नेपाल बहराइनसँगै ५-० ले पराजित भएको थियो । खेलको सातौं मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १-० को अग्रता बनायो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ३८ बजे