Logo

राजनीति

देशमा स्थायी गठबन्धन छैन, मध्यावधिमा जानसक्ने भएकाले प्रदेश सरकारको नेतृत्व नफेरौँ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार परिवर्तन नगर्न आग्रह गरेका छन्।

सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य चलिरहेको बेलामा नेता कोइरालाले संघीयता विरोधी स्वरलाई मलजल गर्ने भएकाले नेतृत्व फेर्न नहुने उनको मत छ।

निर्वाचन भएको डेढ वर्षमै पटक–पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठिक हुन् उनले भनेका छन्, हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन ।

वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : २६ बजे