Logo

खेलकुद

इटहरी गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा



धरान । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : २३ बजे