Logo

खेलकुद

आईपीएल : ४ विकेटले बैंगलुरु विजयी



काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ ।  

टस जितेर पहिला फिल्डङ रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो । पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले ४५, प्रभसिमरन सिंह २५, जितेश शर्मा २६, शशांक सिंहले नटआउट २१ रन जोडेका थिए । ६ विकेटको क्षतिमा १७६ रन बनाएको पञ्जाबलाई आरसीबीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै पराजित गरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ५८ बजे