Logo

Breaking News 1

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति कस्ताे रहला ?



काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले राति देशभर आंशिक बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : २७ बजे