Logo

Breaking News 1

आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल आज



काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुँदै छ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दै छ ।

टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५७ बजे