Logo

खेलकुद

नेपाल बहराइनसँग ५-० ले पराजित



काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ । शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको हो ।

पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको हो । बहराइनको भने दोस्रो जित हो ।

यस समूहमा यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । यूएईले ३ खेलबाट ९ अंक जोडेको छ । जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ । नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ३५ बजे