Logo

Breaking News 1

विनोद चौधरी भन्छन्- स्टन्ट गर्नेलाई मेराे चरित्रको सर्टिफिकेट दिनुपर्दैन



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताएका छन् । बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले साे कुरा ताएका हुन् ।

उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको समेत बताए ।

आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको उनले बताएका छन् ।

चौधरीले भने ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ’ । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : ४३ बजे