Logo

Breaking News 1

संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनसँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान दश बजे बस्नेछ । साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ३५ बजे