Logo

Breaking News 1

‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोखे । उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो ।

विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो ।, जनतालाई ढाँट्न पाइँदैन। उनले सरकारको इन्जिन र स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केहि गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : ३६ बजे