काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाएको हो ।
सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुनेछ ।
बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदै छ । सो पार्टीले आगामी जेठ पहिलो साता दसौं राष्ट्रिय महाधिवेशन गर्दै छ ।
प्रतिक्रिया