Logo

मुख्य समाचार

ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा दुई घर जल्याे



ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : ५७ बजे