Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने



काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो । 

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन् । यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ०० बजे