Logo

अर्थ

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । स्थानिय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोल एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ०२ बजे