Logo

Breaking News 1

सुन तस्करी प्रकरण : माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

यसअघि सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ५४ बजे