Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८० चैत १ गते, बिहीबार १४ मार्च २०२४। फाल्गुण शुक्लपक्ष चतुर्थी तिथि, ६ः३७ बजेपछि पञ्चमी। भरणी नक्षत्र। चन्द्रराशि मेष।

मेष
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

वृष
फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ।

कर्कट
तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

सिंह
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। नयाँ काम थालनी हुनेछ। सानो प्रयत्नले दिगो काम सम्पादन गर्न सकिनेछ। साथीभाइले सहयोग जुटाउनेछन्। धार्मिक तथा सामाजिक काममा मन जानेछ। टाढिएका साथीभाइ नजिकिनेछन्।

कन्या
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला।

तुला
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ।

वृश्चिक
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ।

धनु
अध्ययन र पेसामा प्रगति गर्ने समय छ। विद्यार्थीहरूका लागि विशेष उपलब्धि हासिल हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। पहिलेको कमजोर नतिजा पनि सच्याउन सकिनेछ। व्यापार(व्यवसायमा पनि राम्रो फाइदा हुनेछ।

मकर
फाइदा हेर्दा काम बिग्रन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता समेत टुंगिन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ।

कुम्भ
साथीभाइ जुट्नाले काममा उत्साह जाग्नेछ र चाँडै लक्ष्यमा पुग्न सकिनेछ। दिगो काम थालनी हुनुका साथै विशेष उपलब्धि प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्।

मीन
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ६ : ४२ बजे