Logo

मनोरञ्जन

सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन् प्रभास


३० फाल्गुन २०८०, बुधबार  

138
Shares

मुम्बई । अभिनेता प्रभास साउथसँगै बलिउडमा पनि रुचाइएका अभिनेता हुन् । उनी एक फिल्मका लागि निकै महंगो पारिश्रमिक लिन्छन् । उनको स्टारडमका बारेमा जोकोही जानकार छन्, तर उनको एक विशेषता भने सायदै कमैलाई थाहा होला ।

उनी निर्मातामाथि आफ्नो खर्चको अतिरिक्त भार थोपर्दैनन् । त्यो खर्च उनी आफैंले तिर्छन् । ‘प्रभासको आफ्नो पारिश्रमिक र उनको हुने खर्च फरक छ । जब प्रभासलाई कुनै फिल्मको पारिश्रमिक मिल्छ, त्यो बेला उनी एक रुपैंयाँ पनि अतिरिक्त रकम माग्दैनन् । उनी अन्य कलाकार भन्दा ठिक विपरित छन् । ती कलाकारहरु मेकअप आर्टिस्ट, मेनेजर र सहायकका लागि अतिरिक्त पैसा मागिरहँदा प्रभास भने आफ्नै गोजीको पैसा दिन्छन् ।

प्रभास सुटिङमा आफ्नै कारमा आउँछन् । उनी टिमको कारमा चढ्दैनन् । यद्यपि उनको प्रोडक्सनले उनका लागि अतिरिक्त रकमको व्यवस्था गरेका हुन्छन् । तर प्रभास त्यो पैसा लिँदैनन् । ‘अधिकांश स्टारहरु फिल्मको काम गरिरहँदा आफ्नो गाडीको ड्राइभरको पारिश्रमिकसमेत निर्माताबाट लिन्छन् । तर प्रभास यस्तो केही गर्दैनन् ।

उनी आफैं खाना मगाउँछन् । बडी डबल्स र बाउन्सरलाई पनि आफ्नै खल्तीको पैसा दिन्छन् । प्रभासको जस्तो व्यवहार अन्य कलाकारमा देखिँदैन् । त्यसकारण निर्माताले उनीप्रति जहिल्यै राम्रो व्यवहार गर्छन्’, प्रभास निकट स्रोतले भनेको छ ।

कामको कुरा गर्दा प्रभासको पछिल्लो फिल्म ‘सालार’ थियो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । अहिले उनी ‘कल्की २८९८’मा व्यस्त छन् । यसबाहेक उनी ‘सालार २’को पनि तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १० : २३ बजे