Logo

मनोरञ्जन

अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड


२९ फाल्गुन २०८०, मंगलबार  

69
Shares

मुम्बई । फिल्म ‘जवान’को सफलतापछि तमिल फिल्म निर्देशक एटली कुमार करियरको उत्कृष्ट फेजमा छन् । अभिनेता शाहरुख खानलाई उनको करियरको ‘टप ग्रसर’ फिल्म दिएपछि एटली हलिउड अल्लू अर्जुनका साथ नयाँ फिल्मको तयारी गरिरहेका छन् । फिल्मका लागि एटलीले निर्मातासँग निकै मोटो पारिश्रमिक मागेका छन् ।

उनले झण्डै ६० करोड रुपैंयाँ पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो पारिश्रमिक कुनै पनि फिल्मलाई दिइने पारिश्रमिकको तुलनामा धेरै हो ।

तर एटलीको फिल्मको व्यापार तथ्यांकलाई हेर्दा पारिश्रमिकलाई सन्तोषजनक भनेका छन् । एटली यतिबेला नयाँ फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छन् । अहिले फिल्मको कथालाई अन्तिम रुप दिने काम भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ३ : २७ बजे