Logo

प्रविधि

शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी’ सम्पन्न


२८ फाल्गुन २०८०, सोमबार  

276
Shares

ललितपुर। महालक्ष्मी नगरपालिकाको लुभू शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शन-२०८०’
सम्पन्न भएको छ।

बाल संरक्षण बाटिका प्राथमिक विद्यालय र नवकुंज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए।

प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित स्मार्ट सिटी , इलेट्रिक ढिकी , हाइड्रो इलेक्ट्रीसिटी , टेलिस्कोप, भेजिटेबल कटर, केबुलकार , भोल्कानो लगायतका सामाग्री प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनीमा किर्तीपुर राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकले कक्षा ६ देखि १० सम्मका विज्ञान विषयका पाठअन्तर्गतको उपकरणहरु प्रस्तुत गरिएको बताइएको छ। प्रदर्शन गरिएका सामाग्रीहरु पाठ बुझ्नका लागि अत्यन्तै व्यवहारिक भएको अवलोकनकर्ताहरुको प्रतिक्रिया छ। प्रदर्शनी अभिभावक,शिक्षक र विद्यार्थीहरु गरी झण्डै पाँच सय जनाले अवलोकन गरेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रेरणा खरेलले जानकारी दिइन।

सो प्रदर्शनीको महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरन्जिबी पौडेलले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : ०६ बजे