Logo

राजनीति

सिट बाँडफाँड टुङ्ग्याउन ओली, लामिछाने र यादव बालुवाटारमा


२१ फाल्गुन २०८०, सोमबार  

460
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । तीन शीर्ष नेताहरु बालुवाटार पुगेसँगै प्रधानमन्त्री प्रचण्डसँग सत्ताको शक्ति बाँडफाँडबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर आज एमाले, माओवादी र रास्वपाबाट एक–एक मन्त्री नियुक्त गर्ने बताइएको छ ।

रास्वपा सभापति लामिछानेले उपप्रधानसहित गृहमा आफ्नो दाबी पेश गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले समेत लामिछानेलाई गृहमा लविङ गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ४८ बजे