Logo

समाचार

जिप दुर्घटनाका अपडेट : एकको मृत्यु, १५ को उपचार जारी


२० फाल्गुन २०८०, आइतबार  

138
Shares

विराटनगर । धनकुटाको पाख्रिबासमा आज अपराह्न भएको दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका—१० चुङमाङमा भएको दुर्घटनामा सिकिस्त घाइते बनेकी सहिदभूमि गाउँपालिका—५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ७ : ५९ बजे