Logo

खेलकुद

आजदेखि झापा गोल्डकपः एपीएफ र संकटा भिड्दै


१९ फाल्गुन २०८०, शनिबार  

92
Shares

विराटनगर । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आज सुरु हुँदैछ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता दिउँसो सुरु हुनेछ ।

आज हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र संकटा एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसपटक प्रतियोगितामा ए डिभिजन क्लबसहित १० वटा टिमले सहभागिता जनाउने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए ।

यो वर्ष झापा गोल्डकपको उपाधि विजेता टिमले १३ लाख रुपैयाँसहित ट्रफी पाउनेछ । उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो पटकभन्दा यसपालि पुरस्कार राशि बढाइएको आयोजकले जनाएको छ ।

यसअघि पाँचौँ संस्करणमा बिजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

मस्ट भ्यालुएवल प्लेयर लाई मोटरसाइकल प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ जनाइएको छ ।

प्रतियोगितामा एपीएफ, र नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड एफसी, मच्छिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसी, बागमती युवा क्लब र एन्फा मकवानपुरको सहभागिता हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : १७ बजे