Logo

मनोरञ्जन

माझी राष्ट्रिय गीतको लोकार्पण


१९ फाल्गुन २०८०, शनिबार  

115
Shares

काठमाडौं । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसर पारेर माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।

माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित साँस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई माझि समुदायको राष्ट्रिय गीत समेत भनिएको छ । माझि समुदायका लेखक तथा चलचित्र निर्देशक, माझी गीत संगित, भाषा र इतिहासका ज्ञाता मानिने सोम कुस्कुमाझीले सो गीत लेखेका हुन ।

जसलाई माझी किंगले परिचित दर्जनौं माझी तथा नेपाली गीतमा स्वर र संगित दिएका गायक यमन माझीले संगित भरेका छन् ।

गीतमा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवस कुमार माझी,बाबुराम माझी, विसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेश माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन ।

गीतको लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : १४ बजे