Logo

विशेष

भजन शिरोमणिको परिवारलाई राष्ट्रपतिको सन्देश, भक्तराजका गीत सधैं जीवन्त


१८ फाल्गुन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

स्वर्गीय आचार्यको निधनमा शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै उनले भक्तराजको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताए ।

उनले भनेका छन्, ‘भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।’

भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा संगीत दिएर नेपाली सांगीतिक जगतलाई विशिष्ट उचाइमा पु¥याउन आचार्यले पु¥याएको योगदान अतुलनीय भएको पनि उनको भनाइ छ ।

उनले आचार्यका गीत नेपालीको मनमस्तिष्कमा जीवन्त रहने उल्लेख गर्दै सन्देशमा आचार्यको निधनले नेपाली गीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ०१ बजे